• Saturday 28th of November 2026

नागपञ्चमीमा हस्त नक्षत्रको संयोग, यी व्यक्तीहरुको चम्किनेछ भाग्य !


  • धनकुटा खबर
  • .

काठमाडौं । साउन महिनामा पर्ने सबै व्रत र चाडपर्वलाई महत्वपूर्ण मानिन्छ । यसैगरी यस महिनाको शुक्ल पक्षको पञ्चमीका दिन नागपञ्चमी पर्व पनि हर्षोल्लासका साथ मनाइन्छ । यस दिन नाग देवताको पूजा आराधना गर्ने गरिन्छ ।

वैदिक पात्रो अनुसार यस वर्ष नागपञ्चमी साउन २५ गते परेको छ । यस पटक नागपञ्चमीमा हस्त नक्षत्रको संयोग रहेको छ । यसको प्रभावका कारण २ राशिका मानिसलाई नाग देवताको आशीर्वाद मिल्नेछ । यी भाग्यशाली राशिहरू कुन हुन्, हामी यस बारे जानकारी दिँदैछौं ।

कर्कट राशि
ज्योतिषीका अनुसार यस राशिको स्वामी चन्द्रमा हो भने हस्त नक्षत्रको स्वामी पनि चन्द्रमा नै हो । अहिले यो राशिका मानिसहरुमा बृहस्पतिको कृपा पनि बर्सिरहेको छ । कर्कट राशिका व्यक्तिहरुलाई पञ्चमीको दिन बन्ने योगले शुभ फल मिल्नेछ । भगवान शिवको कृपाले तपाईको घरमा कुनै शुभ समाचार प्राप्त हुन सक्छ वा शुभ घटना हुन सक्छ । यस बाहेक तपाईले आम्दानीका नयाँ स्रोतहरू पनि पाउन सक्नुहुन्छ ।

कन्या राशि
हस्त नक्षत्रमा जन्मेका व्यक्तिहरूको राशि कन्या र यसको स्वामी बुध हो । अहिले तपाईको राशि देवगुरु बृहस्पतिको विशेष आशीर्वादमा छ । जबकि केतु कन्या राशिमा अवस्थित छ । नागपञ्चमीमा बनेको योगका कारण यस राशिका व्यक्तिलाई नागदेवको आशीर्वाद मिल्नेछ । यसले तपाईको जीवनमा सुख र समृद्धि ल्याउनेछ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖