• Saturday 28th of November 2026

पहिरोमा परेर ४ जना घाइते


  • धनकुटा खबर
  • .

बाजुरा । बाजुरामा पहिरोमा परेर ४ जना घाइते भएका छन् ।

शनिवार बिहान हिमाली गाउँपालिका –३ बौडी स्थित गोरु खर्कमा पहिरो जाँदा ४ जना घाइते भएका हुन ।घाइते हुनेमा प्रेमकला बुढा, ललिता बुढा, अगौठी रोकाया र हंस बुढा रहेको हिमाली गाउँपालिका– ३ का वडा अध्यक्ष मंगल बुढाले बताए ।

जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख दिलीप गिरीले पहिरो गएको ठाउँमा प्रहरीको टोली गएको बताए । प्रहरी घटनास्थलमा पुगेपछि पूर्ण विवरण आउने उनले बताए ।

पहिरोमा परेर केही पशु चौपाया पुरिएको जनाइएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖