• Friday 9th of October 2026

प्रधानन्यायाधीशको राजीनामा माग गर्दै बंगलादेशमा विद्यार्थीद्वारा सर्वोच्च अदालत घेरा


  • धनकुटा खबर
  • .

ढाका : बंगलादेशमा अन्तरिम सरकार बनेपछि पनि विद्यार्थी आन्दोलन रोकिएको छैन। शनिबार अर्थात आज बंगलादेशमा आन्दोलनरत विद्यार्थीले सर्वोच्च अदालत घेराउ गरेका छन्।

हजारौं प्रदर्शनकारी विद्यार्थीले सर्वोच्च अदालतका प्रधानन्यायाधीशको राजीनामा माग गरिरहेका बीबीसी समाचारमा उल्लेख छ। प्रधानन्यायाधीशले पूर्वप्रधानमन्त्री शेख हसिनाको पक्षमा न्यायिक विद्रोह गर्ने काम गरिरहेको विद्यार्थीहरूले आरोप लगाएका छन्।

बंगलादेशमा अन्तरिम सरकार गठन भएको छ। नोबेल पुरस्कार विजेता अर्थशास्त्री मोहम्मद युनुसले अन्तरिम सरकारको प्रमुख सल्लाहकारको रुपमा सपथ लिएका छन्।

राष्ट्रपति मोहम्मद शाहबुद्दीन, सैनिक नेता र विद्यार्थी नेताहरुबीचको बैठकपछि प्राध्यापक युनुसलाई अन्तरिम सरकारको प्रमुख सल्लाहकारमा मनोनित गर्ने निर्णय भएको हो। बीबीसी

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖