काठमाडौंको माइतीघरस्थित राष्ट्रिय झण्डा राखिएको पोलबाट एक महिला हाम फाल्ने प्रयास गरेकी छन् ।
शनिबार दिउँसो पोलमा चढेर हाम फाल्ने प्रयास गरेकी सहारा साहीलाई प्रहरीले सकुशल उद्धार गरेको छ ।
२ वर्षसम्म लिभिङ रिलेशनमा बसेका पुरुषले विवाह गर्न नमानेको भन्दै उनी उक्त पोलमा चढेकी थिइन् ।
विगत एक महिनादेखि उनी माइतीघरमा धर्ना बस्दै आएकी थिइन् ।
माइतीघरमा आफूले छाडेको ब्यानर हराएको भन्दै उनी शनिबार उनी पोलमा चढेकी प्रहरीले जनाएको छ ।-लोकान्तर
