• Friday 9th of October 2026

बंगलादेश प्रहरी प्रधान कार्यालयले भन्यो, ‘नागरिक सुरक्षा समिति गठन गरेर शान्ति सुरक्षा कायम गराैं’


  • धनकुटा खबर
  • .

ढाका, २७ साउन । बंगलादेशका प्रहरी प्रधान कार्यालयले सबै प्रहरीलाई काममा फर्किन निर्देशन दिएको छ ।

 

बिद्यार्थी आन्दोलनका कारण शान्ति सुरक्षा जोखिममा परे पछि प्रहरी चौकी छाडेर हिडेका प्रहरीलाई काममा फर्किन र शान्ति सुुरक्षा कायम गराउन प्रहरी प्रधान कार्यालयले निर्देशन दिएको हो । 

प्रहरी चौकीका गतिविधि सुचारु गर्न र शान्ति सुरक्षा कायम गर्नका साथै प्रत्येक प्रहरी चौकी क्षेत्रमा नागरिक सुरक्षा समिति गठन गर्न प्रहरी प्रधान कार्यालयबाट निर्देशन दिइएको ढाका ट्रिब्युनले जानकारी दिएको छ ।

 

उसका अनुसार यस्तो निर्देशन सबै जिल्लाका प्रहरी उपरीक्षक र प्रहरी चौकीका अधिकृत (ओसी) लाई दिइएको हो ।

 

प्रहरी प्रधान कार्यालयले शनिबार राती जारी गरेको विज्ञप्तिमा भनिएको छ कि समितिको मुख्य उदेश्य शान्ति सुव्यवस्थामा जनसहभागिता बढाउनु हुने छ । 

 

यसका लागि समितिहरूले कार्ययोजना बनाएर अनुगमन तथा मूल्याङ्कन गतिविधि सञ्चालन गर्नेछन् । 

 

कानून प्रवर्तन एजेन्सी र समिति सदस्यहरू सम्मिलित संयुक्त गस्ती मार्फत हिंसा, चोरी, डकैती र अपहरण रोक्न उपायहरू लागू गरिने छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖