• Wednesday 7th of October 2026

गायक तिमिल्सिनाको शव पोस्टमार्टमका लागि अस्पतालमा


  • धनकुटा खबर
  • .

काठमाडौँ। गायक प्रकाश तिमिल्सिनाको शव पोस्टमार्टमको लागि पाटन अस्पतालमा राखिएको छ ।

शनिवार साँझ भैँसेपाटी स्थित डेरामा अचेत अवस्थामा फेला उनलाई अस्पताल पुर्‍याइए पनि चिकित्सकले मृत घोषित गरेका थिए ।

तिमिल्सीनाको शव आज केही समय सङ्गीत तथा नाट्य प्रज्ञाप्रतिष्ठान नक्साल भगवती बहालमा अन्तिम श्रृद्धान्जलीका लागि राखिने संगीकार चेतन सापकोटाले जानकारी दिए । तिमिल्सिनाको अन्तिम संस्कार आजै पशुपति आर्यघाटमा गरिने बताइएको छ।

तिमिल्सिना गायन प्रतियोगिता ‘नेपाली तारा’ मार्फत सङ्गीत क्षेत्रमा उदाएका थिए। भैँसेपाटीमा बस्दै आएका तिमिल्सिनाका ‘प्रिय तिम्रो सिउँदोमा सिन्दूर भर्न देऊ’, ‘नमान लाज यसरी’, ‘नआए नि हुन्थ्यो’ लगायतका दर्जनौँ गीतले उनलाई नेपाली सङ्गीत प्रेमीहरू माझ एक परिचित र सम्मानित गायकका रूपमा स्थापित गराएको थियो।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖