• Wednesday 7th of October 2026

ऐश्वर्यासँग सम्बन्ध विच्छेद चर्चाबीच बाहिरियो अभिषेकको यस्तो भिडिओ!


  • धनकुटा खबर
  • .

यतिबेला बलिउड अभिनेत्री ऐश्वर्या राय बच्चन र अभिनेता अभिषेक बच्चनको सम्बन्ध विच्छेद हुन लागेको चर्चा छ।

भारतीय सञ्चारमाध्यमका अनुसार अमिताभ बच्चनले छोरी स्वेतालाई मुम्बईमा रहेको ‘प्रतीक्षा’ बंगला उपहार दिएका थिए। आफ्नो विवाह भएको घरमा स्वेता बसेको ऐश्वर्यालाई मन परेको थिएन। यसै विषयमा बच्चन परिवारसँग उनको मनमुटाव सुरू भयो।

ऐश्वर्या र अमिताभ बच्चनले इन्स्टाग्राममा एक-अर्कालाई अनफलो गरेका छन्। यसले उनीहरूको सम्बन्धमा चिसोपन आएको पुष्टी गर्छ।
ऐश्वर्याले घर छाडेर आमासँग बस्न थालेको भारतीय सञ्चारमाध्यममा उल्लेख छ। यसैबीच अभिषेकको एउटा भिडिओ बाहिरिएको छ। जसमा उनले आफैं सम्बन्ध विच्छेद गर्न लागेको बताएका छन्।

‘जुलाईमा ऐश्वर्या र मैले सम्बन्ध विच्छेद गर्ने निर्णय गरेका छौं,’ उनले भनेका छन्। सामाजिक सञ्जालमा भाइरल भइरहेको यस भिडिओ ‘डीपफेक’ रहेको बताइएको छ।

अहिलेसम्म अभिषेक र ऐश्वर्याले सम्बन्ध विच्छेदको बारेमा केही बताएका छैनन्। दुवैले बलिउड फिल्ममा काम गरिसकेका छन्। जसमध्ये ऐश्वर्यालाई बलिउडकी चर्चित अभिनेत्रीको रूपमा चिनिछिन्।

अभिषेक र ऐश्वर्याले पहिलो पटक फिल्म ‘ढाई अक्षर प्रेम के’ काम गरेका थिए। त्यसपछि ‘कुछ ना कहो’, ‘उमरावों जान’, ‘बन्टी और बब्ली’ र ‘धूम २’ मा उनीहरूले सँगै काम गरे।

त्यसपछि फिल्म ‘गुरू’ मा काम गर्दागर्दै अभिषेक बच्चन ऐश्वर्याको प्रेममा परे। यस फिल्मको प्रमोसन सकिएपछि अभिषेकले ऐश्वर्यालाई प्रेम प्रस्ताव राखे। ऐश्वर्याले उनको प्रेम प्रस्ताव स्वीकार गरेपछि दुवैले विवाह गरेका थिए। उनीहरूको विवाह सन् २००७ मा भएको थियो।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖