• Saturday 28th of November 2026

यी रहेछन् मोटरसाईकल दुर्घटनामा निधन भएका प्रहरी जवान


  • धनकुटा खबर
  • .

रौतहट । रौतहटमा मोटरसाईकल दुघर्टना हुँदा प्रहरी जवानको मृत्यु भएको छ । चन्द्रपुर नगरपालिका ६ स्थित तल्लोबजारमा आइतबार बिहान भएको मोटरसाइकल दुघर्टनामा २६ वर्षीय प्रहरी जवान नवीनकुमार यादवको मृत्यु भएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ ।

चन्द्रनिगाहपुरबाट सन्तपुरतर्फ जाँदै गरेको मधेश प्रदेश–०३–०३३ प ३३०१ नम्बरको मोटरसाईकल आफैं अनियन्त्रित भई दुर्घटनामा परेको प्रहरीले जनाएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनलाई तत्काल चन्द्रनिगाहपुरस्थित हाइवे ट्रमा अस्पतालमा लगिएको थियो ।

यादवको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । बारामा कार्यरत यादव काम विशेषले रौतहट आएका बेला दुर्घटना परेका बताइएको छ । उक्त दुर्घटनामा मोटरसाइकलको पछाडि बस्ने रौतहट वृन्दावनका २५ वर्षिय अर्का नवीनकुमार चौधरी सामान्य घाइते भएका छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖