• Saturday 28th of November 2026

खुकुरी प्रहार गरेको आरोपमा संखुवासभाका दुई जनालाई पक्राउ


  • धनकुटा खबर
  • .

ज्यान मार्ने उद्देश्यले एक व्यक्तिलाई खुकुरी प्रहार गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा संखुवासभा खाँदवारी नगरपालिका– ५ भोटेबासका २५ वर्षीय मिङमा शेर्पा र सोही ठाउँ बस्ने ३० वर्षीय रिन्जी शेर्पा छन् ।

उनीहरूले शनिबार राति साढे १० बजे काठमाडौं महानगरपालिका– २५ उग्रतारा मन्दिर अगाडि रुकुम पूर्वका २४ वर्षीय सुमन खड्कामाथि ज्यान लिने उद्देश्यले खुकुरी प्रहार गरेको प्रहरीले जनाएको छ ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार खड्कालाई खुकुरी प्रहार गरेर भागेका उनीहरूलाई पुरानो बसपार्कबाट नियन्त्रणमा लिई प्रहरी वृत्त जनसेवामा बुझाइएको छ ।

आपसी लेनदेनको विषय नमिलेर खड्कामाथि खुकुरी प्रहार भएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖