• Wednesday 7th of October 2026

समीक्षा र निशानले गाए ‘ज्वाइँसाब’को गीत


  • धनकुटा खबर
  • .

काठमाडौं । वसन्त निरौला निर्देशित फिल्म ‘ज्वाइँ साब’को यतिबेला धमाधम सम्पादनको काम चलिरहेको छ । फिल्मको प्रदर्शन मिति चाँडै तय गर्ने तयारीमा निर्माता छन् ।

यसैबीच, फिल्मका लागि एक रोमान्टिक गीत रेकर्ड गरिएको छ । ‘कसम बत्तीको’ बोलको गीतमा गायक निशान भट्टराई र गायिका समीक्षा अधिकारीले स्वर भरेका छन् ।

यादव लम्सालको शब्द रहेको गीतमा अर्जुन पोखरेलको संगीत छ । गीतमा फिल्मका मुख्य दुई कलाकार जितु नेपाल र नीति शाहलाई फिचर गर्ने तयारी छ ।

यही एउटा गीतको छायांकन बाँकी राखेर अन्य छायांकन सकिएको निर्माताले जनाएका छन् । राजकुमार पण्डितको प्रस्तुतिमा तयार भएको फिल्ममा मीनादेवी खड्का, सौगात पण्डित र पदमलाल तामाङको लगानी छ ।

रेडआई फिल्म्सको प्रस्तुतिमा ओएसआर डिजिटल र मौसम फिल्म्सको सहकार्य निर्माण भएको फिल्ममा श्याम तामाङको छायांकन, अर्जुन पोखरेल र महेश ताम्राकारको संगीत छ । शंकर धितालको पटकथा तथा संवाद छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖