• Friday 9th of October 2026

एक होटलमा हेलिकोप्टर ठोक्किँदा पाइलटको मृत्यु


  • धनकुटा खबर
  • .

एजेन्सी ।अस्ट्रेलियाको क्वीन्सल्याण्डको उत्तरी सहर केर्न्समा रहेको एक होटलको छतमा हेलिकप्टर ठोक्किँदा एक पाइलटको मृत्यु भएको छ। आइतबार स्थानीय समय अनुसार लगभग १:५० बजे हिल्टन होटेलको डबलट्रीमा हेलिकप्टरले ठक्कर दिएको थियो।

त्यसबाट आगोको ज्वाला निस्कनुका साथै सयौँ अतिथि बस्ने स्थानलाईपनि धक्का दिएको थियो। सो हेलिकोप्टरमा चालक मात्रै थिए। होटलका दुई अतिथि, करिब ८० को दशकका एक वृद्ध र ७०को दशककी एक महिलालाई अस्पताल लगिएको र उनीहरूको अवस्था स्थिर भएको जनाइएको छ। क्वीन्सल्याण्ड पुलिस र एभिएसन सेफ्टी वाचडगले दुर्घटनाको परिस्थितिको अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖