• Wednesday 7th of October 2026

अभिनेता तथा फिल्म निर्माता कृष्णकी छोरीको २१ वर्षमा क्यान्सरबाट निधन


  • धनकुटा खबर
  • .

एजेन्सी । अभिनेता तथा चलचित्र निर्माता कृष्ण कुमारकी छोरी टिशाको २१ वर्षे अल्पआयुको उमेरमा निधन भएको छ । उनी क्यान्सरसँग लड्दै आएकी थिइन् । उनको जर्मनीमा उपचार भइरहेको थियो । उनको उपचारको क्रममा बिहीबार मृत्यु भएको भर्खरै पुष्टि भएको छ ।

उनको मृत्यु भएको कुमार परिवार नजिकका एक व्यक्तिले पुष्टि गरेका छन् । रिपोर्टका अनुसार टिशालाई क्यान्सर भएको पत्ता लागेपछि कुमार परिवारले उनलाई उपचारका लागि जर्मनी लैजाने निर्णय गरेको थियो ।

कृष्ण कुमार टी–सिरिज (T-Series) का सह–मालिक हुन्। T-Series ले जारी गरेको विज्ञप्तिमा भनिएको छ कि यो परिवारका लागि धेरै दुखद र कठिन समय हो। लामो समयदेखि क्यान्सरसँग लडिरहेका टिशाको हिजो निधन भएको छ । प्रवक्ताले परिवारको गोपनीयताको सम्मान गर्न अनुरोध गरेका छन्।

टी(सिरिजले आयोजना गरेको कार्यक्रममा टिशा प्रायः आफ्नो बुबासँग देखिएकी थिइन् । उनी पछिल्लो पटक रणवीर कपूरको फिल्म ‘एनिमल’ को सफलतापछि आयोजना गरिएको पार्टीमा देखिएका थिए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖