• Wednesday 7th of October 2026

ऐश्वर्यासँग सम्बन्ध विच्छेदको हल्ला फैलिएपछि यसो भन्छन् अभिषेक


  • धनकुटा खबर
  • .

यतिबेला बलिउड अभिनेता अभिषेक बच्चन र ऐश्वर्या राय बच्चनको सम्बन्ध विच्छेदको हल्ला फैलिरहेको छ।

यति मात्र होइन सामाजिक सञ्जालमा अभिषेक बच्चनको डीपफेक भिडिओ भाइरल भएको थियो। जसमा अभिषेकले जुलाईमा ऐश्वर्यासँग सम्बन्ध विच्छेद गर्न लागेको बताएका थिए।

यसैबीच अभिषेकले एक अन्तर्वार्तामा आफू अझै विवाहित रहेको बताएका छन्।

‘मलाई यस विषयमा केही भन्नु छैन। दुःख कुरा तपाईंहरूले सबैले यसलाई बढाई-चढाई गर्नु भयो। तपाईंहरूलाई केही कहानी देखाउनु थियो। माफ गर्नुहोस्, म अझै पनि विवाहित छु,’ उनले भने।
अभिषेक र ऐश्वर्याले पहिलो पटक फिल्म ‘ढाई अक्षर प्रेम के’ काम गरेका थिए। त्यसपछि ‘कुछ ना कहो’, ‘उमरावों जान’, ‘बन्टी और बब्ली’ र ‘धूम २’ मा उनीहरूले सँगै काम गरे।

त्यसपछि फिल्म ‘गुरू’ मा काम गर्दागर्दै अभिषेक बच्चन ऐश्वर्याको प्रेममा परे। यस फिल्मको प्रमोसन सकिएपछि अभिषेकले ऐश्वर्यालाई प्रेम प्रस्ताव राखे। ऐश्वर्याले उनको प्रेम प्रस्ताव स्वीकार गरेपछि दुवैले विवाह गरेका थिए। उनीहरूको विवाह सन् २००७ मा भएको थियो।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖