• Wednesday 7th of October 2026

बलिउड अभिनेता अर्जुन रामपालको एक्स अकाउन्ट ह्याक


  • धनकुटा खबर
  • .

बलिउड अभिनेता अर्जुन रामपालको एक्स अकाउन्ट (पहिला ट्विटर) ह्याक भएको छ।

उनले सामाजिक सञ्जाल इन्स्टाग्राममार्फत उक्त जानकारी दिएका हुन्। ‘यो राम्रो कुरा होइन। मेरा ट्विटर अकाउन्ट ह्याक भएको छ। कृपया, ट्विट या म्यासेजको कुनै रिप्लाई नदिनु होला,’ उनले भने।

पछिल्लो समय अर्जुन रामपाल सामाजिक सञ्जालमा सक्रिय छन्। उनी लगातार सामाजिक सञ्जाल मार्फत भारतीय खेलाडीहरूलाई हौसला दिइरहेका थिए।

उनको एक्स अकाउन्टबाट अन्तिम पोस्ट ९ अगस्तमा गरिएको थियो। जसमा उनले एथलीट नीरज चोपडाले जैवलिन थ्रोमा सिल्भर जित्दा बधाई दिएका थिए।

“अमेजिङ नीरज चोपडा। यस ओलम्पिकमा भारतको धेरै मेडल। आगामी ओलम्पिकमा तपाई वर्ल्ड र ओलम्पिक रेकर्ड तोड्न सक्नुहुन्छ। हामीलाई गर्व महसुस गराउनको लागि धन्यवाद,’ उनले लेखेका थिए।

पछिल्लो समय अर्जुन फिल्म ‘धाकड’ मा देखिएका थिए। अब उनी फिल्म ‘द बेटल अफ भीमा कोरेगांव’ मा देखिनेछन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖