• Sunday 29th of November 2026

सुधार केन्द्रबाट भागेर नारायणी नदीमा हाम फालेका युवकको सकुशल उद्दार


  • धनकुटा खबर
  • .

चितवन : सुधार केन्द्रबाट भागेर हिजो दिउँसो नारायणी पुलबाट हामफालेका युवकको सकुशल उद्दार गरिएको छ । दिउँसो ४ः१५ बजेको समयमा भरतपुर–३ पुलचोकस्थित नारायणी पुलबाट उनले हामफालेको प्रहरीले जनाएको छ ।

तनहुँ भानु नगरपालिका–६ घर भएका २१ वर्षीय काशीराम गैरेलाई भरतपुर–४ रामघाटस्थित नारायणी नदीबाट स्थानीयबासीले सकुशल उद्दार गरेको हो ।गैरे भरतपुर–५ स्थित रहेको आसरा सुधार केन्द्रमा बस्दै आएका छन् ।

उनको अहिले भरतपुर अस्पतालमा उपचार भइरहेको र बोल्न सक्ने अवस्थामा रहेको प्रहरीले जनाएको छ ।गैरेलाई २ महिना अगाडि तनहुँबाट सुधार केन्द्रमा ल्याईएको थियो ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖