• Friday 9th of October 2026

केजरीवालले सर्वोच्च अदालतबाट पाएनन् अन्तरिम जमानत


  • धनकुटा खबर
  • .

नयाँ दिल्ली । भारतको सर्वोच्च अदालतले दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललाई अन्तरिम जमानत दिन अस्वीकार गरेको छ । अब यस मामिलामा अगस्ट २३ मा अर्को सुनुवाइ हुने भएको छ ।

समाचार एजेन्सी पीटीआईका अनुसार सर्वोच्च अदालतले यस मामिलामा सीबीआईलाई नोटिस पनि जारी गरेको छ । ‘हामी अन्तरिम जमानत दिइरहेका छैनौँ । हामी नोटिस जारी गर्नेछौँ ।’ न्यायाधीश सूर्यकान्त र उज्ज्वल भुयनको इजलासले केजरीवालको तर्फबाट उपस्थित वरिष्ठ वकिल अभिषेक मनु सिंघवीलाई भने ।

केजरीवालको जेल सजायलाई कायम राख्ने दिल्ली उच्च अदालतको आदेशलाई चुनौती दिने याचिकाको सन्दर्भमा यो सूचना जारी गरिएको हो ।

सीबीआईले अगस्ट २३ सम्ममा सर्वोच्च अदालतमा जवाफ पेस गर्नुपर्नेछ । अरविन्द केजरीवाललाई दिल्लीको मदिरा नीतिमा भएको कथित घोटालासँग सम्बन्धित मुद्दामा मार्च २१ मा ईडीले पक्राउ गरेको थियो । जेलमा रहँदा भ्रष्टाचारको मुद्दामा उनलाई सीबीआईले पनि पक्राउ गरेको थियो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖