• Wednesday 7th of October 2026

‘छक्का पञ्जा-५’को बिहे भाको छैन म, कुमारी नि हैन म’ भन्ने गीतमा गायिका ज्योति मगरको आपत्ति


  • धनकुटा खबर
  • .

काठमाडौं । चलचित्र ‘छक्का पञ्जा-५’को हालै सार्वजनिक भएको गीतलाई लिएर गायिका ज्योति मगरले आपत्ति जनाएकी छन् । दीपकराज गिरी र दीपक शर्माको शब्द लेखनमा सविन सुवेदी र बेनिशा पौडेलको स्वर रहेको गीत ‘बिहे भको छैन’ गीतलाई लिएर गायिका मगरले आपत्ति जनाएकी हुन् ।

‘अभद्र र अर्मादित’ गीत गाएको भन्दै पछिल्लो समय तीज गीत माथि टिका टिप्पणी भइरहेको छ । यता ‘छक्का पञ्जा-५’को गीतमा बिहे नभए पनि कुमारित्व नरहेको प्रशंग छ । त्यही कुरा माथी गायिका मगरले प्रश्न उठाएकी छन् ।

सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै मगरले भनेकी छन्, ‘बिस्तारा ले पोल्यो’, ‘तीन महिने सुई लाउँछे’ जस्ता गीतहरूले समाज भड्किलो भयो भन्दै भुक्नेहरूले छक्का पन्जाको गीत ‘बिहे भाको छैन म, कुमारी नि हैन म’ भन्ने गीतलाई कुन रूपले लिए होलान् ? यो गीतको भाव बुझेनन् कि क्या हो ? त्यही पनि यो गीतले पनि बिहे गर्‍या छैन, तर सम्भोग गर्‍या छु भन्या त हो नि ? खोइ संस्कारीहरू भुक्दै भुकेनन् त ?’

सार्वजनिक गीतमा चलचित्रका मुख्य कलाकारद्वय दीपकराज गिरी र वर्षा शिवाकोटीको नृत्य छ । ‘छक्का पञ्जा-५’ चलचित्रलाई दीपाश्री निरौलाले निर्देशन गरेकी छन् । असोज २४ गते रिलिज हुने चलचित्रमा दीपक र वर्षासँगै केदार घिमिरे, निर्मल शर्मा लगायत कलाकारको अभिनय रहेको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖