• Saturday 28th of November 2026

सीसीटीभी फोटोमा हेर्दा यी हुन् गट्ठाघर दुर्घटनाका मृतक


  • धनकुटा खबर
  • .

काठमाडौँ । भक्तपुरको गट्ठाघरमा ट्रकले ठक्कर दिँदा मृत्यु हुने स्कुटर चालकको सीसीटीभी फोटो बाहिरीएको छ ।

मृतक करिब ४०–४५ वर्षीय पुरुष रहेको जिल्ला प्रहरी परिसर भक्तपुरका डीएसपी राजन कार्कीले जानकारी दिए ।

उनका अनुसार स्कुटर चालकको साथमा उत्तम कोइरालाको ब्लुबुक फेला परेको छ । स्कुटर चालक उनी नै हुनसक्ने अनुमान छ, तर सनाखत गर्ने प्रयास भइरहेको उनले बताए ।

ना.६ ख २१७३ नम्बरको ट्रकले बा.४९ प ८९४४ नम्बरको स्कुटरलाई ठक्कर दिँदा चालकको मृत्यु भएको हो ।

दुर्घटनामा मृत्यु भएकाको शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पतालमा पठाइएको छ । घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖