काठमाडौँ । भक्तपुरको गठ्ठाघरमा दुर्घटनामा परेर ज्यान गुमाएका पुरुषको साथमा उत्तम कोइरालाको नामको कागजात फेला परेको छ ।
मृतकको साथमा फेला परेको ब्लुबुक र लाइसेन्समा ओखलढुंगा ठेगाना उल्लेख भएको उत्तम कोइरालाको कागजात भेटिएको भक्तपुर परिसरका डीएसपी राजन कार्कीले बताए ।
डीएसपी कार्की भन्छन्, ‘कागजातको आधारमा हामी सनाखत गराउने प्रयासमा छौँ ।’ काठमाडौँबाट भक्तपुर जाँदै गरेको ना।६ ख २१७३ नम्बरको भाडाको ट्रकले ठक्कर दिँदा बा.४९ प ८९४४ नम्बरको स्कुटर चालकको मृत्यु भएको हो ।
दुर्घटनापछि भेला भएका करिब २ हजार व्यक्तिहरुले सो क्षेत्रमा प्रदर्शन गरेका थिए ।
