• Saturday 28th of November 2026

धनगढीबाट अर्कैसँग उड्न खोज्ने रन्जनालाई बुढाले लगे, सुलेमानको के हुन्छ ?


  • धनकुटा खबर
  • .

धनगढी : धनगढीबाट मुस्लिम युवासँग काठमाण्डौं भाग्न खोजेको भन्दै प्रहरीले पक्राउ गरेकी महिलालाई उनका श्रीमानले घर लगेका छन्।

जिल्ला प्रहरी कार्यालय कैलालीले लिएको जानकारी अनुसार कैलालीको लम्कीचुहा नगरपालिका वडा नम्बर ८ की ३५ वर्षिया रन्जना चौधरीलाई उनका श्रीमानको जिम्मा लगाईएको जिल्ला प्रहरी कार्यालय कैलालीका इन्सपेक्टर गङ्गादत्त बडुले बताए।

महिलासँगै पक्राउ परेका सुनसरी घर भएर हाल दुबईमा रोजगारी गर्दै आएका ३५ वर्षीय सुलेमान मनसुरीलाई भने आफन्तको जिम्मा लगाउने तयारी भईरहेको छ। ‘महिलाको घरमा असमझदारी रहेछ, युवक र उनको सामाजिक सञ्जालबाट कुराकानी हुँदो रहेछ, काठमाण्डौंसम्म जान खोजेको पाईयो, श्रीमान आफैले लगेपछि मुद्धा चलाउनु परेन,’ इन्सपेक्टर बडुले भने।

शुक्रबार दिउसो १: ०५ बजेको श्री एयरलाईन्सको धनगढी–काठमाण्डौं उडानमा टिकट काटेकी महिलाले बोर्डिङपास बनाउने बेलामा काउन्टरमा संकास्पद गतिविधि गरेपछि प्रहरीले केरकार गर्दा उनी सुनसरी घर भएर हाल दुबईमा रोजगारी गर्दै आएका ३५ वर्षीय सुलेमान मनसुरीसँग भागिरहेको खुलेको थियो।

विमानस्थल सुरक्षा प्रमुख प्रहरी नायव निरिक्षक समुद्र पन्तले बोर्डिङ पास बनाउने बेला परिचयपत्र नदिएको, ठेगाना पनि गलत बताएको र कुराकानी गर्दा अकमकाएपछि पोस्टमा ल्याएर सोधपुछ गर्दा उनी भाग्न लागेको खुलेको हो।

सुनसरीका ३४ वर्षका सुलेमान दुबईबाट सिधै काठमाण्डौं विमानस्थलमा ओर्लिएर धनगढी आएको प्रहरीको सोधपुछका क्रममा खुलेको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖