• Friday 9th of October 2026

रुसमा गयो शक्तिशाली भूकम्प, ज्वालामुखी पनि विष्फोट !


  • धनकुटा खबर
  • .

एजेन्सी । रुसको कामचट्का प्रान्तमा शक्तिशाली भूकम्प गएको छ ।

आइतबार बिहान करिब सात बजेतिर कामचटका प्रान्तको पेट्रोपावलोव्स्क–कामचत्स्की शहरबाट करिब ९० किलोमिटर पूर्व समुद्री तटमा ७ म्याग्निच्युडको भूकम्प गएको हो ।

सो भूकम्पपछि ज्वालामुखी विष्फोट भएको छ । तटीय क्षेत्रमा सुनामीको चेतावनी पनि जारी गरिएको छ ।

भूकम्पपछि शिवलुच क्षेत्रमा ज्वालामुखी विष्फोट भएको रुसको सरकारी सन्चार माध्यम तासले जनाएको छ । त्यसबाट निस्किएको खरानी समुद्री सतहबाट करिब आठ किलोमिटर माथिसम्म फैलिएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖