काठमाडौं । प्यालेस्टिनी सशस्त्र समूह हमासले इजरायल-गाजा युद्धविरामलाई धोका भएको बताएको छ।
यसअघि अमेरिकी राष्ट्रपति जो बाइडेनले युद्धविराम सम्झौता हुनेमा आफू आशावादी रहेको बताएका थिए ।
अमेरिकी समर्थनमा कतारमा दुई दिनसम्म चलेको वार्तापछि राष्ट्रपति बाइडेनले शुक्रबार भने, “हामी पहिलेभन्दा युद्धविरामको नजिक छौं।”
हमासका एक वरिष्ठ अधिकारीले युद्धविराम सम्झौतामा कुनै प्रगति नभएको बीबीसीलाई बताए ।हमासले यस विषयमा मध्यस्थकर्ताले भ्रम फैलाएको बताएको छ ।
इजरायलले भने कि “बन्धकहरूलाई रिहा गर्न अस्वीकार गरिरहेको हमासलाई मनाउने कोसिस गर्ने अमेरिका र मध्यस्थकर्ताहरूको प्रयासको हामी सराहना गर्छौं ।”
यसअघि संयुक्त विज्ञप्तिमा अमेरिका, कतार र इजिप्टले युद्धविराम र इजरायल र हमासबीचको मतभेद कम गर्न सक्ने बन्धकहरूको रिहाइसम्बन्धी प्रस्ताव राखेको बताएका थिए।
