• Saturday 28th of November 2026

हेल्थ असिस्टेन्ट पढ्दै आएकी आस्था कोठामै मृत फेला, घटना शंकास्पद


  • धनकुटा खबर
  • .

धनगढी । धनगढीमा एक युवती मृत अवस्थामा फेला परेकी छन् ।

धनगढी उपमहानगरपालिका-१ काे चकमेली चाेक नजिकै युवती मृत अवस्थामा फेला परेकी छन् ।

कञ्चनपुरकाे बेलाैरी नगरपालिका घर भएर धनगढीमा डेरा गरि बस्दै आएकी १९ वर्षीया आस्था थापा मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लाेकेन्द्रसिंह कार्कीले थापा आइतबार दिउँसो डेरा गरि बस्ने काेठामा मृत भेटिएको बताए ।

उनी काेठाकाे झ्यालमा झुन्डिएको अवस्थामा भेटिएपनि घटना शंकास्पद रहेकाे छ ।

अहिले शव उठाइएको छैन । उनकाे शरीरमा घाउ, चाेटपटक रहेकाे प्रहरीकाे भनाइ छ ।

थापा शैलेश्वरि फारवेष्ट स्कुल अफ हेल्थ साइन्समा हेल्थ असिस्टेन्ट पढ्दै आएकी थिइन् ।-प्रेसपत्र

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖