• Tuesday 10th of November 2026
  • ट्रेण्डिङ :

सुनसरीको गढीमा एक जनाको हत्या, टाउको छुट्टिएको अवस्थामा शव फेला


  • धनकुटा खबर
  • .

विराटनगर । सुनसरी गढी गाउँपालिका वडा नम्बर २ थलाहा टोलमा एक जनाको हत्या भएको छ ।
गढी गाउँपालिका वडा नम्बर २ का स्थानीय ५० वर्षीय ज्ञानचन ऋषिदेवको गएराति घाँटी रेटेर हत्या भएको प्रहरीले जनाएको छ ।

उनको शव टाउको छुट्टिएको अवस्थामा आज बिहान फेला परेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायब उपरीक्षक नवीन कृष्ण भण्डारीले घटनाको थप अनुसन्धान सुरु गरिएको भण्डारीले जानकारी दिए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖