• Wednesday 7th of October 2026

अभिनेत्री जान्हवीले किनिन् २ करोड ५० लाखको कार


  • धनकुटा खबर
  • .

बलिउड अभिनेत्री जान्हवी कपूरले नयाँ कार किनेकी छन्।

आइतबार उनले रातो रंगको टोयोटा लेक्सस कार किनेकी हुन्। भारतीय सञ्चारमाध्यम दैनिक जागरणका अनुसार यस कारको मूल्य २ करोड ५० लाख भारू हो।

जान्हवीसँग यो कार बाहेक मर्सिडिज जिएलइ २५० डि, बिएमडब्लू एक्स ५ र मर्सिडिज बेन्ज एस-क्लास छ।

यतिबेला हलमा जान्हवीको फिल्म ‘उलझ’ प्रदर्शन भइरहेको छ। अब उनी जुनियर एनटिआर र सैफ अली खानसँग फिल्म ‘देवरा’ मा देखिनेछिन्। फिल्ममा तुलसी कुमारीको पनि अभिनय रहनेछ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖