• Saturday 28th of November 2026

सडकमा स्टन्ट गर्ने दुई स्कुटर फ्लाईओभरबाट फालियो


  • धनकुटा खबर
  • .

तपाईले प्रायः सवारी साधन चलाउँदा स्टन्ट गर्नेहरू देख्नुभएकव होला । कोही सडकमा बाइक हल्लाउँदै, कोही बाइकमा उभिएर वा चक्का माथि उचालेर स्टन्ट गरिरहेको देखिन्छ । केही ठूलो आवाजमा मोटरसाइकल चलाइरहेका हुन्छन् ।

यस्ता स्टन्टले सडकमा हिँड्ने सर्वसाधारणलाई झर्को लागिरहेको हुन्छ ।

तर, भारतको बेंग्लोरमा यस्तै स्टन्टबाट हैरान सर्वसाधारणले उनीहरूका दुइटा स्कुटर फ्लाईओभरबाट फालिदिएका छन् । घटना अगस्ट १५ को हो ।

इन्डिया टुडेको रिपोर्ट अनुसार उनीहरूले फ्लाईओभरमा स्कुटरमा स्टन्ट देखाइरहेका थिए ।

फ्लाईओभरबाट एक-एक गरी दुइटा स्कुटर तल फ्याँकिएको भिडीयोसमेत भाइरल भइरहेको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖