• Friday 9th of October 2026

गाजामा इजरायली आक्रमण कमला ह्यारिसका लागि ठूलो चुनौती


  • धनकुटा खबर
  • .

काठमाडौं । अमेरिकी राष्ट्रपतिको निर्वाचन प्रक्रियाअन्तर्गत डेमोक्रेटिक पार्टीको राष्ट्रिय महाधिवेशन सोमबारदेखि सुरु भएको छ ।

तर गाजामा भएको विरोध प्रदर्शनले यस कार्यक्रममा नकारात्मक असर पार्न सक्ने आशंका व्यक्त गरिएको छ।
अमेरिकाको वर्तमान उपराष्ट्रपति कमला ह्यारिसलाई डेमोक्रेटिक पार्टीको राष्ट्रिय अधिवेशनमा राष्ट्रपति पदका लागि मनोनयन गरिने भएको छ ।

जो बाइडेन राष्ट्रपतिको दौडबाट बाहिरिएपछि, कमला ह्यारिस यस सम्मेलन मार्फत शिकागोमा आफ्नो समर्थन जुटाउन चाहन्छिन्।

तर, केही व्यक्तिले गाजामा इजरायली आक्रमणलाई लिएर सम्मेलनको क्रममा पार्टीको एकतामा बाधा पुग्ने चिन्ता व्यक्त गरेका छन् ।

यसको प्रभाव नोभेम्बरमा हुन लागेको राष्ट्रपति निर्वाचनमा पनि देख्न सकिन्छ । अमेरिकी राष्ट्रपतीय निर्वाचन आउन ८० दिनभन्दा कम समय बाँकी छ ।

ह्यारिसले औपचारिक रूपमा पार्टीको मनोनयन स्वीकार गरेकी छिन् । उनले भाषण दिएपछि शिकागो सम्मेलन बिहीबार समाप्त हुनेछ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖