• Tuesday 6th of October 2026

एकदमै छिटो रिस उठ्नु मानसिक रोगको संकेत


  • धनकुटा खबर
  • .

सामान्यतया कुनै कुरामा चित्त नबुझ्दा मानिसलाई रिस उठ्छ । रिस एक प्राकृतिक प्रतिक्रिया पनि हो जसले केही कुरा ठिक छैन भन्ने संकेत गर्छ ।

आफूले सोचेको जस्तो भएन भने वा अरूबाट आफूले चाहेजस्तो व्यवहार पाइएन भने कुनै पनि व्यक्तिलाई रिस उठ्छ । आफूमा भएको तनाव र समस्यालाई मानिसले कुनै न कुनै माध्यमबाट बाहिर निकालिरहेको हुन्छ ।

त्यसमध्ये एक रिस पनि हो । तर कोही व्यक्ति भने सानो–सानो कुरामा पनि धेरै रिसाउँछन् जुन मानसिक रोगको संकेत समेत हुनसक्ने मनोविद्हरु बताउँछन् ।

जो व्यक्तिले आफ्नो कुरा अरू सामु प्रस्ट रूपमा राख्न सक्दैन, त्यस्तो व्यक्ति बढी रिसाउँछ । किनकि उनीहरूले आफ्नो मनमा भएको कुरा अरूलाई भन्न नसक्दा पीडा हुन्छ र रिसमार्फत बाहिर निस्कन्छ । त्यसैले अन्य व्यक्तिको तुलनामा यस्तो स्वभाव भएको व्यक्ति बढी रिसाउँछन् ।

धेरै रिसाउने व्यक्तिलाई राम्ररी निद्रा नलाग्ने, नराम्रो सपना देख्ने जस्ता समस्या देखा पर्न सक्छन् । लामो समयसम्म रिसाउने व्यक्तिमा रक्तचाप बढ्ने समस्या समेत हुन्छ । रक्तचाप बढी भएको व्यक्तिलाई धेरै रिस उठ्छ ।

रिसाउँदा स्ट्रेस हर्मन पनि रिलिज हुने भएकाले धेरै रिसाउने र लामो समयसम्म रिसाइरहने व्यक्तिमा पछि एन्जाइटी र डिप्रेसनको समस्या पनि हुन सक्छ । कुनै व्यक्ति कहिलेकाहीं एक छिन रिसाउँछ भने सामान्य हो । विभिन्न परिस्थितिमा मुड परिवर्तन हुनु पनि सामान्य हो ।

रिस उठ्ने व्यक्तिमा केही न केही तनाव हुन्छ । तनावले मानिसमा विभिन्न शारीरिक र मानसिक समस्या निम्त्याउँछ । जब मानिसलाई रिस उठ्छ आवेगात्मक स्नायु प्रणाली सक्रिय हुन्छ । जसले गर्दा रक्तचाप बढ्ने, मुटुको चाल बढ्ने, रगत धेरै पम्प गर्ने, विभिन्न हर्मोन निस्कने मुटुरोग विशेषज्ञ बताउँछन् ।

तपाईँमा पनि एकदमै छिटो रिस उठ्ने,कुनै पनि कुरा छिटो विर्सनु, रातमा निन्द्रा नलाग्नु,छटपटी हुनु,सानो सानो कुरामा गहिरिएर सोच्नु,इरिटेड हुनु,कम बोल्ने, कसैसँग कुरा सेयर नगर्ने,जिद्दी गर्ने, अरूको कुरा सुन्न मन नपराउने समस्या छ भने मानसिक रोगको संकेत हुनसक्छ यसकारण चिकित्सकीय परामर्श लिइरहन आवश्यक छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖