• Wednesday 7th of October 2026

रोनाल्डोले खोले युट्युब च्यानल, ११ घण्टामै ९.७४ मिलियन सब्स्क्राइबर


  • धनकुटा खबर
  • .

एजेन्सी । चर्चित फुटबलर क्रिस्टियानो रोनाल्डो युट्युबमा आएका छन् । रोनाल्डोले बुधबार आफ्नो नयाँ युट्युब च्यानल UR Cristiano सार्वजनिक गर्दै युट्युबमा आएका हुन् ।

सामाजिक सञ्जालमा विश्वमै सबैभन्दा बढी फलोअर भएका रोनाल्डो अहिलेसम्म युट्युबमा आधिकारिक रूपमा आएका थिएनन् । युट्युबमा उनले केही भिडियो समेत शेयर गरेका छन् ।

उनले युट्युब च्यानलमार्फत आफ्नोबारे थप जानकारी हासिल गर्न सकिने बताएका छन् । युट्युब च्यानल खोलेको ११ घण्टामै ९.७४ मिलियनले रोनाल्डोको च्यानललाई सब्सक्राइब गरेका छन् ।

रोनाल्डोको सामाजिक सञ्जाल एक्समा ११२.५ मिलियन, फेसबुकमा १७० मिलियन तथा इन्स्टाग्राममा ६३६ मिलियन फलोअर रहेका छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖