• Saturday 28th of November 2026

कालीबाबाद्वारा हिन्दूधर्म रक्षाको अनुरोध


  • धनकुटा खबर
  • .

काठमाडौं,पशुपति क्षेत्रमा सञ्चालित यज्ञको पूर्णाहुतिका क्रममा नेपाल आउनुभएका कालीबाबाले यहाँ आयोजना गर्नुभएको पत्रकार सम्मेलनमा दोलखा भीमसेनको शीलामा पसिना आएपछि आफूले त्यहाँ पुगी क्षमा पूजा गरेको कालीबाबाले बताउनुभएको छ ।

दोलखाको भीमेश्वर मन्दिरमा हालै पसिना आएको घटनालाई गम्भीर रुपमा लिन सम्बद्ध सबैसँग उहाँले अनुरोध गर्नुभयो ।

उहाँले वैदिक सनातन धर्मको शिरमा रहेको भनी विश्वभर पहिचान बनाएको नेपालको चिनारी मेटाउन नहुने धारणा व्यक्त गर्नुभयो । सनातन हिन्दूधर्मको रक्षा होस् भनी यसअघि आफूले नेपालमा दुईपटक कोटीहोम आयोजन गरेको स्मरण गर्दैै कालीबाबाले आगामी मङ्सिरको पहिलो साता झापाको कन्काइमा महायज्ञ गर्न लागेको जानकारी दिनुभयो ।

सनातन हिन्दूधर्मको रक्षा एवं प्रवर्द्र्धनमा योगदान पुर्‍याउनुभएका कालीबाल हाल भारतको आसाम, नयाँदिल्लीस्थित आसाममा बस्दै आउनुभएको छ ।

कोशी प्रदेशको ओखलढुङ्गा जिल्लामा बाह्मण परिवारमा जन्मनुभएका कालीबाबा बाल्यकालमै भारत पुगी त्यहीँबाट शिक्षादीक्षा लिएर धार्मिक गतिविधिमा सक्रिय हुनुहन्छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖