• Thursday 8th of October 2026

दिनको एकपटक मात्रै खान्छन् शाहरुख


  • धनकुटा खबर
  • .

बलिवुडका किङ्ग भनेर चिनिने शाहरुख खानले आफ्नो फिटनेशको सिक्रेट साझा गरेका छन्।

शाहरुख खानले ५८ वर्षमा आफूलाई कसरी फिट राखिरहेका छन् भनेर जानकारी दिँदै दिनको एकपटक मात्रै खान खाने गरेको बताएका छन्।

बलिवुडमा मात्रै होइन उनी आफ्ना समर्थकहरूमाझ पनि निकै लोकप्रिय छन्। उनको अभिनयका साथै फिटनेशका लागि पनि आफ्ना समर्थकहरूबीच मनपराउने व्यक्तिका रुपमा स्थापित छन्।

शाहरुख खानले आफूलाई फिट राख्न र आफ्नो सफलताका लागि कडा मिहिनेत गर्छन्। जसमा उनको खानपानदेखि आरामका कुरा सहभागी छन्।

द गार्जियनसँगको कुराकानीमा उनले बिहान ५ बजे सुत्ने गरेको र ९ देखि १० बजेसम्म उठेर फ्रेश हुने गरेको बताए।

साथै उनले कामको बेला राति २ बजे घर फर्किने गरेको र सुत्नु अघि व्यायाम पनि गर्ने गरेको बताए। उनले भने, ‘दिनमा एक पटक खाना खान्छु। स्वस्थकर खान्छु। व्यायाम पनि गर्छु।’

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖