• Saturday 28th of November 2026

रुसमा छोरा सम्पर्कविहीन भएपछि नेपालमा बाबुले गरे आत्महत्या


  • धनकुटा खबर
  • .

काठमाडौं । रुसी सेनामा गएका मोरङका रोनाल मिश्र सम्पर्कविहीन भएका छन् ।

रोनाल गत नोभेम्बर २१ अर्थात् मंसिर ५ गतेदेखि सम्पर्कबिहिन भएको रुसी सेनामा आवद्ध नेपालीहरुको जीवनरक्षार्थ अभियानकी संयोजक कृतु भण्डारीले जानकारी दिएकी छन् ।

साथै, छोरा सम्पर्कबिहिन भएपछि बुवाले आज आत्महत्या गरेका छन् । बेल्बारी नगरपालिका ११ मोरङका रोनाल सम्पर्कमा नआएपछि बुवा राजकुमार मिश्रले आज आत्महत्या गरेका हुन् ।

रोनाल २०८० असोज २६ गते रुस गएका थिए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖