• Saturday 28th of November 2026

बस र ट्रक एकआपसमा ठोक्किँयो, १८ जना घाइते


  • धनकुटा खबर
  • .

पोखरा । तनहुँमा आज साँझ सवारी दुर्घटना हुँदा १८ जना घाइते भएका छन् ।

आँबुखैरेनीबाट मुग्लिन जाँदै गरेको ग १ ख ८९७४ नम्बरको बस र विपरित दिशाबाट आउँदै गरेको ना ८ ख १३८९ नम्बरको ट्रक आँबुखैरेनी गाउँपालिका वडा नं. ४ स्थित डम्पिङमा एकापसमा ठोक्किँएर दुर्घटनामा परेको हो ।

घाइते सबैको आँबुखैरेनी अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय आँबुखैरेनीका प्रहरी निरीक्षक शिव थापाले जानकारी दिए । घाइतेको नामावली संकलन कार्य भइरहेको उनले बताए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖