• Saturday 28th of November 2026

अमेरिकामा नर्स ममता काफ्लेको हत्या, श्रीमान् पक्राउ


  • धनकुटा खबर
  • .

काठमाडौं – अमेरिकामा केहि हप्ता अगाडिदेखि हराएकी नेपाली नर्स ममता काफ्लेको हत्या भएको बुझिएको छ । अमेरिकाको प्रहरीको अनुसन्धान पछि काफ्लेको हत्या उनका श्रीमान् नरेश भट्टले गरेको प्रहरीको निश्कर्ष रहेको छ ।

यस्तो निश्कर्षपछि प्रहरीले भट्टलाई पक्राउ गरेको छ । नरेश भट्टलाई श्रीमती मारेको अभियोगमा अमेरिकाको भर्जिनिया राज्यको मनासस प्रहरीले पक्राउ गरेको हो । भर्जिनिया राज्यमा नर्स पेसा गर्ने र नवआमा काफ्ले हराउनु अगाडि आफ्नो श्रीमानले सन्तानलाई नहेरेको भन्दै अलग हुने बारेमा सल्लाह लिएकी थिइन्।

उनले सामाजिक सञ्जालको महिला समूहमा यो आग्रह गरेकी थिइन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖