• Thursday 8th of October 2026

किन पत्रकार सम्मेलनमा आक्रामक रुपमा प्रस्तुत भए अभिनेता पल शाह


  • धनकुटा खबर
  • .

अभिनेता पल शाह राजधानीमा चलचित्र रावायणको ट्रेलर सार्वजनिक कार्यक्रममा भिन्न रुपमा प्रस्तुत भए ।

सधै सिधासादा रुपमा पत्रकारसँग संवाद गर्ने अभिनेता पलले आज आक्रमक रुपमा प्रश्नोत्तरमा उत्रिए ।

सार्वजनिक टिजरमा आएका टिप्पणीको विषयमा पत्रकारले सोधेको प्रश्नको उत्तर नै दिन अभिनेता शाह तयार भएनन् । उनले पत्रकारलाई सिधै हातको इसारा दिएर डाक्दै भने, ‘आउनुस्, कमेन्ट देखाउनुस् अनि कुरा गरौं ।’

पत्रकार सम्मेलनमा पल शाहबारे आएका नकारात्मक टिप्पणीको विषयमा सोधखोज भए पनि उनले ‘तपाईको मनको कुरा १० वटा कुरा पनि गर्न सक्नुहुन्छ । कमेन्ट हेरेर कुरा गर्रौ न । एकपल्ट हेरौं न’ भन्दै प्रश्नबाट भाग्न खोजेका थिए । पत्रकार सम्मेलनमा उनको नकारात्मक टिप्पणी अगाडि राखेर बहस भने भएन ।

चलचित्रमा अभिनेता पल शाहले लगाएको दाह्री जुँगाबारे आएको नकारात्मक कमेन्टको विषयमा समेत नोकझोक देखिएको थियो ।
निर्देशक सुर्दशन थापाले पल शाहको अनुहारमा लगाएको नक्कली दाह्री जुगाँको बारे आएको टिप्पणी समेत चित्त बुझाएनन् । भने, ‘प्रमोद अग्रहरीको अनुहारमा पनि दाह्री जुँगा लगाएका थियौं । त्यसको त कुनै टिप्पणी आएन त ?’ रत्नपार्कबाट जुँगा ल्याएर लगाएको टिप्पणी आएको भन्दै

चलचित्र रावायणको ट्रेलर सार्वजनिकपछि उनी दोहोरो भूमिकामा रहेको बुझ्न सकिन्थ्यो ।

कार्यक्रममा पल शाहसँगै अभिनेत्री पुजा शर्मा र निर्देशक सुर्दशन थापालगायत सहभागी थिए ।

चलचित्र यही भदौं २१ गतेदेखि देशभर प्रर्दशनको तगारीमा छ ।
कार्यक्रममा आक्रमक रुपमा प्रस्तुत भएको सन्दर्भमा पत्रकारले गरेको प्रश्नमा पल शाहले भने कुरा मोड्दै आफू चलचित्रको क्यारेक्टर कान्छामा रहेका बताए । उनले भने,‘म रिस नउठ्ने व्यक्ति हुँ । साँच्चै नै रिसाएको भए खत्तम हुन्थ्यो ।’

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖