काठमाडौं । स्थानीय बजारमा पहेँलो धातुको मूल्य आजपनि घटेको छ ।
हिजो बिहीबार तोलामा रु एक हजार एक सयले ओरालो लागेको सुनको मूल्य आज ५ सय रुपैयाँ घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुन बिहीबार प्रतितोला रु एक लाख ५१ हजार नौ सय निर्धारण भएको थियो ।
आज शुक्रबार प्रतितोला रु एक लाख ५१ हजार चार सय निर्धारण भएको छ । बुधबार सुनको मूल्यमा हालसम्मकै उच्च कीर्तिमान कायम भएको थियो ।
