• Saturday 28th of November 2026

घुम्ती कटिसकेपछि बस मर्स्याङ्दीमा दुर्घटना भएको देखिन्छ


  • धनकुटा खबर
  • .

पोखरा । तनहुँको आँबुखैरेनीस्थित ऐना पहाराबाट मर्स्याङ्दी नदीमा भारतीय बस खस्दा दिउँसो १ बजेसम्म १४ जनाको शव घटनास्थलबाट बाहिर निकालिएको छ ।

सशस्त्र प्रहरीका सहप्रवक्ता तथा डीएसपी शैलेन्द्र थापाका अनुसार घटनास्थलबाट १६ जना घाइतेको उद्धार गरिएको छ ।

शुक्रबार बिहान पोखराबाट काठमाडौंका लागि छुटेको यूपी ५३ एफटी ७६२३ नम्बरको बस तनहुँको ऐनापहरा भन्ने स्थानबाट मर्स्याङ्दी नदीमा खसेको हो । बस नदी किनारमा अड्किएको छ । उक्त दुर्घटनास्थलमा आँबुखैरेनीबाट गाउँपालिका अध्यक्ष शुक्र चुमान अनलाइनखबरसँग भन्छन् :

आँबुखैरेनी गाउँपालिका-२ ऐना पहराभन्दा करिब सय मिटर वरबाट बस करिब १ सय मिटर तल मर्स्याङ्दी नदीमा खसेको छ । बस नदीभित्रै डुब्नबाट बचेको छ तर ठूलो भौतिक क्षति भइसकेको छ ।

अहिले उद्धार कार्य भइरहेको छ । जनपथ प्रहरी, सशत्र प्रहरी, सेना र स्थानीयबाट उद्धार भइरहेको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖