• Saturday 28th of November 2026

हनुमान ढोका मन्दिरमा धर्ती माताले देखाइन अर्को शक्ति


  • धनकुटा खबर
  • .

काठमाडौं- ‘रेसुङ्गामा तीन महिना कठिन तपस्या गरेपछि ज्ञान पाएँ। अहिले सफल भएकी छु। दिनमा मलाई भेट्न आउने भक्तजनको संख्या गनेर साध्य छैन।’ धर्ती माताले भनिन्।

धर्ती माताले २०८८ सालसम्म नेपालमा विनास आउने दाबी पनि गरेकी छिन्। २०८९ सालमा नयाँ अवतार आउने पनि माताको कथन छ।

‘म ज्ञान दिँदै हिँडेकी छु। भगवानको आदेशअनुसार काम गर्दैछु।’ उनले भनिन्, ‘नदी नालाले मान्छेलाई लान्छ। पृथ्वी हल्लिरहेको छ। तीन चार महिनाभित्र ठूलै हत्याको घटना हुन्छ। यहिसालसम्म कलीको तहसनहस र विनासको काम हुनेछ।’ माताको भनाई।

बुटबल घर भएकी विष्णु कुँवर अर्थात् धर्ती माता पहिले कलाकार थिइन्। उनी कलाकारितामा जम्न नसकेपछि माता बनेर युट्युवमा पहिलेदेखि नै चर्चामा रहेकी थिइन्। पछिल्लो काण्डबाट उनी अहिले फेसबुकतिर पनि चर्चामा छिन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖