• Tuesday 6th of October 2026

यसकारण गहतको दाल औषधीय दाल


  • धनकुटा खबर
  • .

काठमाडौं । गहतको दाललाई औषधीय दाल भनिन्छ । आयुर्वेदमा यसको धेरै महत्त्व छ । गहतको दाल खाँदाले हाम्रो शरीरलाई धेरै फाइदा हुन्छ । यसले शरीरमा क्याल्सियम र पोटासियमको स्तर बढाउँछ ।

यसबाहेक शरीरबाट विषाक्त पदार्थहरू निकाल्न सहयोग गर्छ । गहतको दालले कोषहरूमा जम्मा भएको बोसो पगाल्न पनि मद्दत गर्छ । जसले प्रोटिनको सही मात्रा पाउँदैनन्, उनीहरूले गहतको दाल खान सक्छन् । गहतको दालमा प्रशस्त मात्रामा प्रोटिन पाइन्छ ।

डाक्टरहरूले गर्भवती महिलाहरूलाई यो दाल खान सल्लाह दिन्छन् । सबैभन्दा राम्रो कुरा यो हो कि यसलाई बच्चा, युवा वा कुनै पनि उमेरका मानिसले खान सक्छन् र यो सबैका लागि फाइदाजनक छ ।

पत्थरी पगाल्नमा प्रभावकारी

गहतको दालको सेवनले किड्नीमा हुने पत्थरी पगाल्नमा पनि प्रभावकारी हुन्छ । धेरै आयुर्वेदिक विशेषज्ञहरूले किड्नीमा पत्थरी हुँदा गहतको दाल पिउन सल्लाह दिन्छन् ।

विशेषज्ञहरू भन्छन्, ‘ठूलो गिलास वा कुनै अन्य भाँडामा मुठ्ठीभर दाल रातभर भिजाएर राख्नुपर्छ, बिहान उठेर त्यसलाई छानेर पानी खाली पेट पिउनुपर्छ ।’

विशेषज्ञहरूको अनुसार गहतको दालको पाउडर बनाएर पानीसँग सेवन गर्न सकिन्छ । यसबाहेक, भिजेको गहतको दाल चपाएर पनि खान सकिन्छ । जसलाई पत्थरी छ, उनीहरूले ५ देखि ७ दिनसम्म लगातार यसको सेवन गर्नुपर्छ । यसले पत्थरीको समस्याबाट राहत मिल्न सक्छ ।

मोटोपन कम गर्नमा पनि फाइदाजनक

गहतको दाल मोटोपन कम गर्नमा पनि धेरै सहयोगी हुन सक्छ । यस दालमा फाइबर र प्रोटिन प्रशस्त मात्रामा पाइन्छ । यसले पाचन क्रियालाई बलियो बनाउँछ । यसबाहेक यसले शरीरमा हुने चिनीको स्तरलाई पनि कम गर्न मद्दत गर्छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖