काठमाडौं – हलेसीबाट काठमाडौं फर्किदै गरेको निजी कार सुनकोसीमा खसेको छ । सिन्धुलीको गोलन्जोर गाउँपालिका–१, बेलटारस्थित सडकबाट एउटा निजी कार सुनकोसी नदीमा खसेको हो ।
कारमा सवारमध्ये एक घाइतेलाई उद्धार गरी उपचारका निम्ति खुर्कोटस्थित अस्पताल पठाइएको प्रहरीले जनाएको छ । नदीमा खसेको कार र बाँकी यात्रुको खोजीकार्य जारी रहेको छ ।
खोटाङको हलेसीबाट काठमाडौंतर्फ आइरहेको उक्त कार शनिबार करिब साँझ ५ः३० बजे नदीमा खसेको थियो । घटनाको थप विवरण आउन बाँकी छ ।
