• Saturday 28th of November 2026

सुनकोसीबाट हाइलक्स गाडी निकाल्ने प्रयास गरिँदै,चालक सहित तीन बेपत्ता


  • धनकुटा खबर
  • .

काठमाडौँ । सिन्धुलीको गोलोन्जोर गाउँपालिका–१ स्थित कुडुलेबाट सुनकोसी नदीमा खसेको हाइलक्स गाडी भेटिएको छ । नदीमा खसेको जिप निकाल्ने प्रयास भइरहेको सिन्धुलीका एसपी गोविन्द काफ्लेले बताए ।

खोटाङबाट काठमाडौँतर्फ आउँदै गरेको हाइलक्स दुर्घटना हुँदा ३ जना बेपत्ता भएका छन् । बेपत्ता हुनेमा भक्तपुरको जगाती बस्दै आएका ३२ वर्षीय अबिन बाके, ३० वर्षीय प्रनित स्यागु र ३७ वर्षका बलाम घटुवा छन् । जीप अबिन बाकेले चलाएका थिए ।

सुर्यबिनायक नगरपालिका स्थित जगातेमा बस्ने २७ वर्षीय सुशान्त कक्षपति हाम्फालेर बाँचेका छन् । कक्षपतिको टाउको र पातामा चोट लागेको एसपी काफ्लेले जानकारी दिए । घटनास्थलमा सशस्त्र र नेपाल प्रहरीको टोलीले जीप निकाल्ने प्रयास गरिरहेको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖