• Saturday 28th of November 2026

त्रिशूली नदीमा खस्नबाट जोगियो महेन्द्रनगरबाट काठमाडौं आउँदै गरेको बस


  • धनकुटा खबर
  • .

काठमाडौं । मुग्लिङ-नारायणगढ सडकखण्डको घुमाउनेमा बस दुर्घटना भएको छ ।

महेन्द्रनगरबाट काठमाडौं आउँदै गरेको सुदूरपश्चिम प्रदेश ०२-००१ ख १३३२ नम्बरको बस आइतबार बिहान भरतपुर महानगरपालिका-२९ घुमाउने भन्ने स्थानमा दुर्घटना भएको हो ।

दुर्घटनामा परेको बस सडक किनारमा लगाइएको बारले छेकेकाले त्रिशूली नदीमा खस्नबाट जोगिएको छ ।

आफैँ अनियन्त्रित भई सडकको डिभाइडरमा ठोक्किएको बसको सवार १० भन्दा बढी यात्रु घाइते भएका छन् । घाइतेहरूलाई उपचारको लागि भरतपुर लगिएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖