• Saturday 28th of November 2026

भोलि कृष्ण जन्माष्टमी ! जन्माष्टमीमा मयूरको प्वाँख घरमा ल्याउनुहोस, मिल्नेछ श्रीकृष्णको आशीर्वाद


  • धनकुटा खबर
  • .

एजेन्सी । प्रत्येक वर्ष भाद्रपद महिनाको कृष्ण पक्षको अष्टमी तिथीका दिन भगवान श्रीकृष्णको जन्मोत्सव मनाइन्छ । भक्तजनहरू वर्षभरि यो दिनको प्रतीक्षा गर्छन् । यस वर्ष भदौ १० गते सोमबार जन्माष्टमी पर्व मनाइँदैछ ।

यस दिन मानिसहरूले व्रत बसेर भगवान कृष्णको बालस्वरूप लड्डू गोपालको पूजा गर्छन् । तर, के तपाईलाई थाहा छ जन्माष्टमीको दिन कान्हा जीको मनपर्ने मोखपंख घरमा ल्याएमा धेरै समस्याबाट मुक्ति पाउन सकिन्छ ।

वास्तवमा, वास्तुशास्त्रका अनुसार जन्माष्टमीको दिन मयूरको प्वाँख घरमा ल्याउनाले सबै प्रकारका वास्तु दोष हट्छ । यसको स्थापनाका लागि केही नियमहरू पनि छ, जसका विषयमा जानौं ।

मयूरको प्वाँखले दिन्छ सकारात्मक उर्जा
वास्तुशास्त्रमा मयूरको प्वाँखको ठूलो महत्व छ । भनिन्छ कृष्ण जन्माष्टमीको दिन मयूरको प्वाँख ल्याएमा घरमा सकारात्मक उर्जा आउँछ । यति मात्र होइन तपाईको घरमा कुनै प्रकारको वास्तु दोष छ भने त्यसबाट पनि राहत मिल्छ ।

यसको प्रभावले परिवारका सदस्यहरुको स्वास्थ्य पनि राम्रो रहन्छ । साथै, यदि तपाईंलाई आफ्नो घरमा कसैको नराम्रो नजरले असर गरेको महसुस भयो भने, तपाईं यसलाई आफ्नो घरको मुख्य प्रवेशद्वारमा पनि राख्न सक्नुहुन्छ । यसो गर्नाले तपाईको घरलाई नराम्रो नजरबाट बचाउनेछ ।

मयूरको प्वाँख राख्ने नियम
जन्माष्टमीको दिन मयूरको प्वाँख ल्याउने धेरै नियमहरू छन् । वास्तुशास्त्र अनुसार यस दिन कुल ८ वटा मयूरको प्वाँख ल्याई सेतो धागोले बाँध्नु पर्छ । तपाईं तिनीहरूलाई घरमा कहीं पनि राख्न सक्नुहुन्छ । केवल ध्यान राख्नुहोस् कि राख्नु पर्ने ठाउँ सफा हुनुपर्छ र यस समयमा तपाईंले ओम सोमय नमः मन्त्रको जप गर्नुपर्छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖