• Friday 9th of October 2026

इजरायल र लेबनानबीच बढेको तनावबारे अमेरिकाले के भन्यो ?


  • धनकुटा खबर
  • .

काठमाडौं । इजरायलले हिजबुल्लाहको स्थानमा आक्रमण गरेपछि लेबनानसँग तनाव बढेको छ ।इजरायलले लेबनानमा हिजबुल्लाहका धेरै स्थानहरूलाई लक्षित गरी हवाई आक्रमण गरेको छ। हिजबुल्लाहले इजरायलमा ३ सय रकेट प्रहार गरेको दाबी गरेको छ ।

लेबनान र इजरायलबीचको पछिल्लो तनावलाई लिएर अमेरिकाले प्रतिक्रिया दिएको छ ।ह्वाइट हाउसले जारी गरेको विज्ञप्तिमा भनिएको छ – राष्ट्रपति बाइडेनले इजरायल र लेबनानबीच चलिरहेको घटनाक्रमको निगरानी गरिरहेका छन्।

उनी साँझदेखि नै राष्ट्रिय सुरक्षा टोलीसँग सम्पर्कमा छन् । राष्ट्रपति जो बाइडेनको निर्देशनमा, वरिष्ठ अमेरिकी अधिकारीहरू इजरायलमा आफ्ना समकक्षहरूसँग निरन्तर सम्पर्कमा छन्।

ह्वाइट हाउसले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “हामी इजरायलको रक्षा र क्षेत्रमा स्थायित्व ल्याउने काममा सहयोग गर्न जारी राख्नेछौँ।”

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖