• Wednesday 7th of October 2026

अभिनेत्री कंगना रनावतलाई मार्ने धम्की


  • धनकुटा खबर
  • .

बलिउड अभिनेत्री कंगना रनावतलाई मार्ने धम्की आएको छ।

सिख संगठनको विरोधबीच उनलाई एक भिडिओमार्फत मार्ने धम्की आएको हो। कंगनाले उक्त भिडिओ सेयर गर्दै महाराष्ट्र, हिमाचल प्रदेश र पंजाव पुलिससँग कारबाहीको माग गरेकी छन्।

सामाजिक सञ्जालमा राहुल चौहानको नामबाट एक भिडिओ सार्वजनिक भएको छ। जसमा कंगना रनावतलाई आफ्नो सुरक्षा बढाउन अनुरोध गरिएको छ। भिडिओमा केही सिख युवा इमरजेन्सी फिल्मको बारेमा कुराकानी गर्दै गरेको देख्न सकिन्छ। एक युवाले यो फिल्म रिलिज भयो भनेर कंगनालाई चप्पलले हान्ने समेत बताएका छन्।

फिल्म ‘इमरजेन्सी’ मा पूर्व प्रधानमन्त्री इन्दिरा गान्धीले भारतमा आपतकाल लगाएको घटनामा आधारित छ। कंगना रनावतले निर्देशन गरेको फिल्म ६ सेक्टेम्बरदेखि हलमा रिलिज हुनेछ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖