• Saturday 28th of November 2026

ममता काफ्लेका श्रीमानको गुगल खोजी- श्रीमती ‘मरेको’ कति समयपछि अर्को बिहे गर्न मिल्छ ?


  • धनकुटा खबर
  • .

काठमाडौं । अमेरिकामा बेपत्ता नर्स ममता काफ्लेका श्रीमान् नरेशदत्त भट्टले आफ्नो कम्प्युटरमा “श्रीमती मृत्युको कति समयपछि विवाह गर्न मिल्छ ?” भनेर गुगल सर्च गरेको पाइएको छ ।

श्रीमती बेपत्ता पार्ने आरोपमा भट्टबिरुद्ध सोमबार मुद्दाको सुनुवाइ भएको थियो ।सुनुवाइको क्रममा अभियोजकहरूले अमेरिकी सेक्रेट सर्विसले पेश गरेका प्रमाणहरूको उल्लेख गरेका छन् ।

अमेरिकी सञ्चारमाध्यमहरूका अनुसार, भट्टले गत अप्रिलमा आफ्नो कम्प्युटरमा “श्रीमतीको मृत्युपछि कर्जामा के हुन्छ ?” र “श्रीमतीको मृत्युको कति समयपछि विवाह गर्न मिल्छ ?” भन्ने विषयमा गुगलमा सर्च गरेका थिए ।

यो सर्चलाई अभियोजन पक्षले भट्टले श्रीमतीको हत्या गर्न लामो समयदेखि योजना बनाएको प्रमाणका रूपमा प्रस्तुत गरेको छ । श्रीमती बेपत्ता भएको प्रशस्त प्रमाण रहेको भन्दै उनलाई धरौटीमा रिहा गर्न भनी वकिलद्वारा दर्ता गरिएको निवेदन न्यायाधीशले पुनः खारेज गरेका छन् ।

ममता काफ्लेको शव हालसम्म फेला परेको छैन, र नरेश भट्टलाई हत्याको औपचारिक आरोप लगाइएको छैन, तर उजुरीमा भने भट्टले श्रीमतीको हत्या गरेको उल्लेख गरिएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖