• Saturday 28th of November 2026

यसरी आपसमा ठोक्किए ६ वटा गाडी


  • धनकुटा खबर
  • .

पृथ्वी राजमार्गमा ६ वटा गाडी आपसमा ठोक्किएका छन्।

तनहुँको बन्दीपुर गाउँपालिका-१ रिमाल्नीमा बुधबार दिउँसो ३ बजे ६ वटा गाडी ठोक्किएका हुन्। त्यसबाट ४ जना सामान्य घाइते भएको जिल्ला प्रहरी कार्यालय तनहुँको प्रहरी निरीक्षक दिलिपकुमार हुमागाइँले जानकारी दिए।

उनका अनुसार दमौली तर्फबाट डुम्रेतर्फ जाँदै गरेको ना ५ ख २०३४ नम्बरको बस ब्रेक फेल हुँदा सोही दिशातर्फ जाँदै गरेको ग ३ ख १३९० को ट्रकलाई ठक्कर दिई अनियन्त्रित भएको थियो।

उक्त बस अनियन्त्रित हुँदा सोही दिशामा जाँदै गरेको ग ३ च ८३९० नम्बरको बोलेरोलाई ठक्कर दिएको थियो। उक्त बोलेरोले सोही दिशामा जाँदै गरेको ग १ ख ९५६१ बसलाई ठक्कर दिएको प्रहरी निरीक्षक हुमागाइँले जानकारी दिए।

त्यस्तै, ना १ च ८४३४ नम्बरको बोलेरो गाडीले ना २ ख ३७८९ को हाइसलाई ठक्कर दिएको प्रहरीले जनाएको छ।

आपसमा ठोक्किँदा मकवानपुर थाहा नगरपालिका-७ का २४ वर्षीय नवराज गोले, बोलेरो सवार बागलुङ कोठेखोला गाउँपालिका-५ बस्ने ५९ वर्षीय लेवीलाल कँडेल, ४९ वर्षीया बिमला कँडेल र ना १ च ८३३४ को बोलेरो सहचालक रौतहट गुजुरा नगरपालिका -५ को ४६ वर्षीय निरतारिख बाबु घाइते भएको प्रहरी निरीक्षक हुमागाइँले बताए।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖