• Saturday 28th of November 2026

घरभित्र निदाइरहेका करन गिरी पहिरोसँगै सेती नदीमा खसे


  • धनकुटा खबर
  • .

बझाङ । छबिसपाथिभेरा-१ परिङ्गालका पहिरो जाँदा घरसहित एक युवक सेती नदीमा खसेका छन्।

छबिसपाथिभेरा गाउँपालिका-१ परिङ्गाल मालुझेलमा रहेको झोलुङ्गे पुलस्थित पश्चिमतिर बस्दै आएका ३६ वर्षीय करन गिरी मुनीबाट राति १२ बजे पहिरो खस्दा घरसहित सेती नदीमा खसेका हुन्।

रातिको समयमा ठूलो आवाजसहित खसेको पहिरोले मालुझेलसहित निदाइरहेका गिरी र घर एक्कासी सेती नदीमा झरेको थियो । सेती नदीमा खसेपछि गुहार मागेका गिरीलाई स्थानीय दिपेन्द्र खड्का,अर्जुन गिरी र सुरक्षाकर्मीले उद्दार गरेका छन्।

उनको शरिरभर चोट लागेको उनका दाई लक्ष्मिराज गिरीले जानकारी दिए। घटनाको थप विवरण आउन बाँकी छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖