• Friday 9th of October 2026

उड्न तयार रहेका पाइलटको उडान अबधि सकिएपछि…


  • धनकुटा खबर
  • .

काठमाडौं, भदौ १४ । काठमाडौंबाट भारतको दिल्लीका लागि बिहीबार राति ९ः३० बजे उड्नुपर्ने एअर इन्डियाको उडान रद्द भएपछि यात्रुहरुलाई होटलमा ल्याएर राखिएको छ। उडानको सबै प्रकृया पूरा गरेर जहाजमा यात्रुसमेत बसिसकेपछि अन्तिम समयमा आएर उडान रद्द भएको खबर यात्रुहरुलाई गरिएको थियो ।

गएराति ९ः३० मा उड्ने तयारी गरेको विमानले राति ३ बजेतिर मात्र सबै यात्रुलाई काठमाडौंको होटर र्‍याडिसनमा ल्याएर राखिएको थियो । प्राविधिक कारणले भन्दै उडान रद्द भएको जानकारी यात्रुहरुलाई गराएपनि खास कारण नभनिएको होटलमा फर्किएका यात्रु सतिश वस्तीले जानकारी दिए ।

यसैबीच, एअरपोर्ट सुरक्षा निकायले पाइलटको उडान अबधि हिजोका लागि पूरा भएको र अधिक समय उडाउन नपाउने हुँदा उडान रद्द गर्नुपरेको जानकारी दिएको छ।

पाइलटलाई प्रतिदिनको उडान समय तोकिएको हुन्छ । एअर इन्डियाका ड्युटी सुपरभाइजर विष्णु दाहालले प्राविधिक कारणले हिजोको उडान रद्द भएको र आज दिउँसो मात्र उडान भर्ने भन्दै सबै कनेक्टिङ फ्लाइटको रि(सेडुलिङ हुने जानकारी दिए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖