• Friday 9th of October 2026

जहाँ बन्दैछ काठको गगनचुम्बी भवन


  • धनकुटा खबर
  • .

वासिङ्टन डिसी । अमेरिकी सहर मिलवाउकीमा काठबाट बनेको विश्वको सबैभन्दा ठुलो गगनचुम्बी भवन छ । सो सहरले फेरि काठकै झन् ठुलो भवन बनाउन लागेको छ ।

यसको डिजाइन भ्यान्कुभरस्थित स्टुडियो माइकल ग्रिन आर्किटेक्ट्स (एमजीए)ले बनाएको हो । कम्पनीले हालै सो भवनको निर्माणसम्बन्धी योजना सार्वजनिक गरेको थियो ।

५५ तले सो भवनमा काठको प्रयोग हुने बताइएको छ । अहिले सो सहरमा रहेको काठको सबैभन्दा अग्लो भवन एसेन्ट २५ तलाको छ ।

यो परियोजना मार्कस पर्फमिङ आर्ट्स सेन्टरको पुनः विकासको हिस्सा भएको बताइएको छ । नयाँ बन्ने टावर एसेन्ट टावरभन्दा दोब्बर भन्दा अग्लो हुनेछ । एसेन्ट टावरको उचाइ ८७ मिटर छ भने नयाँ भवन १८२ मिटर अग्लो हुने बताइएको छ ।

काठ काठबाट बनेको अग्लो भवन बनाउन जरुरी रहेको एमजीएका आर्किटेक्ट तथा संस्थापक माइकल ग्रिन बताउँछन् । देखाउनका लागि नभएर सर्वसाधारणलाई काठैबाट पनि गगनचुम्बी भवन बनाउन सम्भव रहेछ भनेर बुझाउन यसो गर्नु जरुरी रहेको उनले बताए ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖